आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

बाराबाट दुई महिला र एक पुरुष लागूऔषध गाँजासहित पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, २३ माघ । बारा प्रहरीले लागूऔषध गाँज सहित दुई महिला र एक पुरुषलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा बारा जिल्ला प्रसौनी गाउँपालिका वाड नम्बर २ निवासी अन्दाजी ५५ वर्षीया ग्म्भा देवभिि मुखिया,उनका छोरा ३८ वर्षीया जोगिन्द्र मुखिया, बाराकै बिन्दाबासीनी गाउँपालिका वाड नम्बर २ निवासी अन्दाजी ६० वर्षीया ममता देवी मुखिया रहेका छन् ।

- Advertisement -

विशेष सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय प्रसौनी बागबाट प्रहरी निरिक्षक भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले प्रसौनी –२ स्थित बजार क्षेत्रबाट भलुवही तर्फ पैदल जाँदै गरेको उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु गम्भादेवीको साथबाट अ. ३ किलो १४१ ग्राम, उनको छोरा जोगेन्द्रको साथबाट अ. २ किलो ६४० ग्राम र ममता देवीको साथबाट अ. २ किलो ६५९ ग्राम र ७९८ ग्राम झोलाबट गरी जम्मा ९ किलो २०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको बारा प्रहरी प्रवक्त्ता प्रकास सापकोटाले एनपीडिलाई जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार