Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...

वीरगन्ज–८ मा सयौँ नेता–कार्यकर्ता...

वीरगन्ज,माघ २४ । वीरगन्ज महानगरपालिका–८ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले)...

प्रधानमन्त्री कार्कीले अभिनेता थापाको...

काठमाडौं,२४ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको...

आइतबार जुममार्फत कांग्रेस केन्द्रीय...

काठमाडौं,२४ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कांग्रेस...
spot_img

मूर्ति विसर्जनका क्रममा डुबेका विद्यार्थीको शव १४ घण्टापछि फेला

spot_img

रौतहट,२३ माघ । रौतहटको राजदेवी नगरपालिका-६ स्थित बागमती नदीमा सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका विद्यार्थी सुरज यादवको शव १४ घण्टापछि फेला परेको छ।

वडा ७ मूडबलवाका २२ वर्षीय सुरज यादव मंगलवार साँझ पौने ७ बजे नदीमा डुबेर बेपत्ता भएका थिए। आफन्तले खबर गरेपछि सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीर दल गण रौतहटको संयुक्त टोलीले खोजी गरेको थियो।

आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मिटर दक्षिण बागमती नदीमा उनको शव फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

मृतक विद्यार्थी स्थानीय प्रावि मूडबलवाका प्रधानाध्यापक उमेश यादवका छोरा हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय