आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

चितवनमा निकुञ्ज सुरक्षाकर्मीको गोली लागेर जंगली हात्तीको मृत्यु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,२४ माघ । चितवनको सौराहा क्षेत्रमा देखिने मकुना नामक जंगली हात्तीको गोली लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले आत्मरक्षाका क्रममा चलाएको गोली लाग्दा हात्तीको मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ।

- Advertisement -

निकुञ्जले जारी गरेको विज्ञप्ति अनुसार मकुना हात्ती असोज महिनादेखि सौराहा आसपासका क्षेत्रमा पसेर स्थानीयलाई त्रसित पार्दै आएको थियो। स्थानीय सरोकारवालासँग विभिन्न उपाय अपनाउँदा पनि नियन्त्रण गर्न नसकिएको जनाइएको छ।

बुधबार स्वीप गस्ती टोलीले कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा मकुनालाई अकस्मात फेला पारेको थियो। मकुनाले घरपालुवा हात्तीलाई आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले आत्मरक्षाका लागि हवाई फायर गरेका थिए।

हवाई फायरले समेत नभागेपछि पुनः आक्रमण प्रयास गर्दा थप गोली चलाउनु परेको निकुञ्जले जनाएको छ। पोस्टमार्टमका क्रममा मकुनाको दाहिने घाँटीमा गोली लागेको कारण मृत्यु भएको पुष्टि भएको छ।

निकुञ्जले घटनाबारे थप अनुसन्धान गरिने जानकारी पनि दिएको छ।

ताजा समाचार

spot_img

थप समाचार