आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ माघ । अमेरिकी सञ्चारमाध्यमहरूले एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको खुलासा गरेका छन्। ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व सम्हालेका मस्कले गोप्य इमेलमार्फत कर्मचारीलाई जागिरबाट बिदा हुन निर्देशन दिएको दाबी गरिएको छ।

- Advertisement -

फर्च्युनका अनुसार मस्कले सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न चाहेको आशंका गरिएको छ। मस्क टेस्ला, स्पेस एक्स, र एक्स कम्पनीका मालिक हुन्। ट्रम्पले उनलाई राष्ट्रपतिको कार्यकालमा सरकारी दक्षता विभागको नेतृत्व सुम्पेका थिए।

ह्वाइट हाउस रिपोर्टर जोनाथन स्वानले न्यूयोर्क टाइम्सको पोडकास्ट ‘द डेली’ मा मस्कको कार्यशैलीबारे चर्चा गरेका छन्। स्वानका अनुसार मस्कले कार्यस्थलमा दानवीय शैलीको घुसपैठ गर्दै कर्मचारी कटौती र रातभर जाग्राम बस्ने संस्कृतिलाई सरकारी क्षेत्रमा पनि लगाउन खोजेका छन्।

यो घटनाले वासिङ्टनका सरकारी कार्यालयहरूमा अराजकता सिर्जना गरेको र कर्मचारीहरूमा डर फैलाएको बताइएको छ। स्वानले ट्रम्पले मस्कको प्रयासलाई पुरस्कृत गरिरहेको आरोप समेत लगाएका छन्।

ताजा समाचार

spot_img

थप समाचार