spot_img

जगरनाथपुरको प्रमुख प्रशासकीय अधिकृतमा सन्देश यादव हाजिर

spot_img
spot_img

बीरगन्ज,२४ माघ । पर्साको जगरनाथपुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सन्देश यादव हाजिर भएका छन् । त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय यादवको बिदाई गरि पालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई स्वागत गरिएको छ ।

अधिकृत सन्देश यादव रौटहठको देवाही गोनाही नगरपालिकाबाट सरुवा भइ जगरनाथपुर गाँउपालिकामा बुधबारदेखिदेखि कार्यभार सम्भालेका छन्। अधिकृत यादवलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री तथा जनप्रतिनिधिहरुले फूलमाला लगाई स्वागत गरेका थिए।

त्यस्तै जगरनाथपुर गाँउपालिकामा करिब साढे दुई बर्षदेखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय यादवलाई बिदाई गरिएको थियो । अधिकृत यादवको बारा जिल्लाको देवताल गाउँपालिकामा सरुवा भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय