Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

अध्यादेशका विषयमा जसपा नेपालको निर्णय आज हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा जारी अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्ने विषयमा आज निर्णय लिने भएको छ। पार्टीले बिहीबार बिहान संसदीय दलको बैठक राखेर आफ्नो धारणा तय गर्ने कार्यतालिका बनाएको छ।

सरकारले ६ वटा अध्यादेश पारित गराउन प्रतिनिधिसभामा बहुमत सहज भए पनि राष्ट्रिय सभामा जसपा नेपालको समर्थन आवश्यक छ। त्यसैले पार्टीले बार्गेनिङ बढाउँदै छलफललाई तीव्र बनाएको छ।

जसपाले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेर भूमिसम्बन्धी र आर्थिक विषयमा विज्ञहरूसँग छलफल गरिरहेको छ। तर, अहिलेसम्म नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई स्पष्ट निर्णय नदिएको कार्यदल संयोजक यादवले बताएका छन्।

राष्ट्रिय सभामा कांग्रेसका १६, एमालेका १० र मनोनीत कोटाबाट अञ्जना शाक्यको एक सिट रहेको छ। सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक सिटसहित सरकारको पक्षमा २८ सिटमात्र हुन्छ। बहुमतका लागि ३० सिट आवश्यक पर्ने भएकाले जसपा नेपालको निर्णय निर्णायक भएको हो।

ताजा समाचार

थप समाचार