काठमाडौँ, २४ माघ । काठमाडौँको कमलपोखरीस्थित सानदार मःम पसलमा आज बिहान करिब पौने ९ बजे ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको छ भने बाँकी ११ जनालाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी शेखर खनालका अनुसार विस्फोटका कारण पसलमा कार्यरत कामदार घाइते भएका हुन्। विस्फोटले भवनको भुइँतलामा पनि क्षति पुगेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।