आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

एसइई परीक्षामा मर्यादाविपरीत कार्य...

वीरगन्ज, १० चैत। पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दौरान मर्यादाविपरीत कार्य गर्ने...

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

कांग्रेस–एमालेद्वारा सांसदहरूलाई ह्विप जारी, अध्यादेशको पक्षमा मतदानको निर्देशन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २४ माघ । नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएका छन् ।

- Advertisement -

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले अध्यादेशको पक्षमा उभिन भनिएको जानकारी दिइन् । ‘अध्यादेशको पक्षमा उभिन भनेर ह्विप लगाइएको छ’ उनले जानकारी दिइन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । जहाँ सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।

बिहीबार दुवै सभामा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

न्यौपानेका अनुसार कांग्रेस र एमाले दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार