Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने गिरोहका चार सदस्य सिराहामा पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम, २४ माघ । नेपाल र भारतमा अपराधिक गतिविधि गर्ने गिरोहका एक भारतीयसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका ८ बस्ने वर्ष ४५ का इन्दल भन्ने इन्द्रनारायण चौधरी, वर्ष ३१ का भैरव भन्ने देवकुमार मुखिया, लहान नगरपालिका ४ का ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतीय नागरिक पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर ७ बस्ने निरोज भन्ने मेहराज मोन्डल छन् ।

मंगलबार लहान नगरपालिका–७ लहान बजारस्थित विकाश ट्रेडर्स (सुन चाँदी पसल) मा डाँका गर्ने योजना बनाइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनीहरुमाथि जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु नेपाल र भारतमा लुटपाट, अपहरण, धम्काएर चन्दा असुल्ने जस्ता अपराधिक ‘डी’ ग्रुप चलाउने गरेका छन् । भारतीय प्रहरीले पनि सोही समूहका चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार