Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

ओमानबाट पुनः श्रम स्वीकृति वितरण सुरु,अवैध नेपाली कामदारलाई सहजीकरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २४ माघ । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई रोजगारदाता देशबाटै पुनः श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली दूतावासले यो सेवा ओमानको सलालाबाट सुरु गरेको हो ।

दूतावासले सामाजिक सुरक्षा कोष आबद्धता तथा पासपोर्ट-कन्सुलरसम्बन्धी कार्यक्रमसँगै पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको जानकारी दिएको छ । नेपाली राजदूत डोरनाथ अर्यालका अनुसार यो व्यवस्था लागू भएपछि भिसा म्याद सकिएका र अवैध कामदारलाई वैधानिक प्रक्रिया सहज हुनेछ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले केही कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै नेपाली कामदारको हकहित संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए ।

ओमानमा करिब ६० हजार नेपाली कामदार कार्यरत रहेको दूतावासको अनुमान छ, जसमध्ये १५ हजारभन्दा बढी अवैध रूपमा बसेर काम गरिरहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ओमानपछि कतार, साउदी, यूएई र मलेसियाबाट पनि पुनः श्रम स्वीकृति वितरण गरिनेछ ।

ताजा समाचार

थप समाचार