आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

ओमानबाट पुनः श्रम स्वीकृति वितरण सुरु,अवैध नेपाली कामदारलाई सहजीकरण

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २४ माघ । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई रोजगारदाता देशबाटै पुनः श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली दूतावासले यो सेवा ओमानको सलालाबाट सुरु गरेको हो ।

- Advertisement -

दूतावासले सामाजिक सुरक्षा कोष आबद्धता तथा पासपोर्ट-कन्सुलरसम्बन्धी कार्यक्रमसँगै पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको जानकारी दिएको छ । नेपाली राजदूत डोरनाथ अर्यालका अनुसार यो व्यवस्था लागू भएपछि भिसा म्याद सकिएका र अवैध कामदारलाई वैधानिक प्रक्रिया सहज हुनेछ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले केही कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै नेपाली कामदारको हकहित संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए ।

ओमानमा करिब ६० हजार नेपाली कामदार कार्यरत रहेको दूतावासको अनुमान छ, जसमध्ये १५ हजारभन्दा बढी अवैध रूपमा बसेर काम गरिरहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ओमानपछि कतार, साउदी, यूएई र मलेसियाबाट पनि पुनः श्रम स्वीकृति वितरण गरिनेछ ।

ताजा समाचार

spot_img

थप समाचार