Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्रीको शर्तमा अध्यादेशलाई समर्थन गर्ने

spot_img

काठमाडौं, २४ माघ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई ६ वटा अध्यादेशलाई समर्थन गर्न मधेश प्रदेशको मुख्यमन्त्रीको शर्त राखेको छ। नेपाली कांग्रेसका एक शीर्ष नेताले जानकारी दिएका अनुसार, जसपाले मधेशको मुख्यमन्त्री पदको आश्वासन पाएपछि अध्यादेशमा मत दिने सहमति बनाएको छ ।

कांग्रेसका नेताले भनिन्, “सभापति देउवा र प्रधानमन्त्री ओली मिलेर कहाँ के गर्ने निर्णय गर्छन्, मधेशको मुख्यमन्त्री पदको बारेमा सकारात्मक छलफल चलिरहेको छ ।”

बिहीबार संघीय संसद्का दुवै सदनमा सरकारद्वारा प्रस्तुत गरिएका अध्यादेश पारित गर्ने कार्यसूची बनाएको थियो। प्रतिनिधिसभाबाट अध्यादेश पारित हुने सम्भावना बलियो भएपनि राष्ट्रियसभामा जसपा नेपाल निर्णायक भूमिका खेल्दैछ ।

जसपा नेपालका नेताले भने, “संघ र प्रदेशको सरकारमा हामी सहभागी हुनुपर्ने हो, जसलाई विश्वासको मत दिएका दललाई सरकारमा ल्याउनु पर्ने हो ।”

बिहीबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। सो छलफलमा यादवले आफ्नो दललाई मधेशको मुख्यमन्त्री दिने शर्तमा अध्यादेशमा सहमति दिन प्रस्ताव राखेका थिए ।

जसपा नेपालको संसदीय दलको बैठक जारी रहेको छ, जसबाट छलफल गरी अध्यादेशको समर्थन गर्ने निर्णय लिन सकिने बताइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय