आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

एसइई परीक्षामा मर्यादाविपरीत कार्य...

वीरगन्ज, १० चैत। पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दौरान मर्यादाविपरीत कार्य गर्ने...

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

‘हनी ट्र्याप’ मार्फत ठगी गरेको आरोपमा युवती पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २४ माघ । काठमाडौँको कुलेश्वरस्थित २८ वर्षीया अस्मिता आचार्यलाई प्रहरीले ‘हनी ट्र्याप’ मार्फत आपराधिक लाभ उठाएको आरोपमा पक्राउ गरेको छ ।

- Advertisement -

मङ्गलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । अस्मिताले एक इलेक्ट्रोनिक्स मर्मत गर्ने व्यक्तिलाई योजनाबद्ध तरिकाले फसाएर ठूलो रकम असुलेकी थिइन् ।

प्रहरी अनुसन्धानअनुसार, आचार्यले पीडितलाई राइस कुकर मर्मत गर्ने बहानामा आफ्नो कोठामा बोलाइन् र त्यसपछि विभिन्न दबाब र धम्की दिएर रकम माग्न थालिन् । पीडितले रकम दिन अस्वीकार गरेपछि झुटो मुद्दामा फसाउने धम्की दिएको खुलासा भएको छ ।

आचार्यले १० लाख रुपैयाँ असुल्ने योजना बनाएको र पीडितबाट ३ लाख चेकमार्फत र बाँकी ७ लाख रकम एक साताभित्र मागिएको जानकारी प्राप्त भएको थियो ।

प्रहरीले निगरानी राख्दै उनलाई पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा थप अनुसन्धान थालेको जनाएको छ। आचार्यविरुद्ध आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता गरिएको छ र कानुनी प्रक्रिया अगाडि बढाइने बताइएकाे छ ।

ताजा समाचार

spot_img

थप समाचार