Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बाराको इटियाहीमा श्री शिवशक्ति कोटी होम महायज्ञ सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ विधिवत रूपमा सुरु भएको छ। महायज्ञको उद्घाटन विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टो, महायज्ञ मूल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव, वडा नम्बर ५ का वडाध्यक्ष अमिरी गुप्ता र वडा नम्बर २ का वडाध्यक्ष मनोज यादवले संयुक्त रूपमा रिबन काटेर गरे ।

महायज्ञ प्रचार समितिका संयोजक राज सर्राफका अनुसार पूजामा १५ जोडी पति-पत्नी जजमानको रूपमा सहभागी भएका छन् । मूल समितिका अध्यक्ष शिवशंकर प्रसाद यादव र गाउँपालिकाकी उपाध्यक्ष प्रियंका देवी पनि जजमानको रूपमा पूजामा बसेका छ ।

२२ दिनसम्म चल्ने महायज्ञमा मेलाको पनि आयोजना गरिएको छ। भक्तजनहरूको सुरक्षाका लागि ९ ओटा सीसीटीभी क्यामेरा र २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ ।

मेलामा भक्तजनहरूको मनोरञ्जनका लागि पिङ, मृत्यु कुँवा जस्ता आकर्षणहरू राखिएका छन्। साथै, महायज्ञस्थलमा रामलीला र रासलीलाको प्रदर्शन पनि गरिने छ ।

महायज्ञका लागि १ हजार ११ देवीदेवताका मूर्तिहरू स्थापना गरिएको छ भने यसको अनुमानित लागत १ करोड ३० लाख रुपैयाँ रहेको संयोजक सर्राफले जानकारी दिए ।

ताजा समाचार

थप समाचार