आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
17.4 C
Birgunj
spot_imgspot_imgspot_img

बाराको इटियाहीमा श्री शिवशक्ति कोटी होम महायज्ञ सुरु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ विधिवत रूपमा सुरु भएको छ। महायज्ञको उद्घाटन विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टो, महायज्ञ मूल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव, वडा नम्बर ५ का वडाध्यक्ष अमिरी गुप्ता र वडा नम्बर २ का वडाध्यक्ष मनोज यादवले संयुक्त रूपमा रिबन काटेर गरे ।

- Advertisement -

महायज्ञ प्रचार समितिका संयोजक राज सर्राफका अनुसार पूजामा १५ जोडी पति-पत्नी जजमानको रूपमा सहभागी भएका छन् । मूल समितिका अध्यक्ष शिवशंकर प्रसाद यादव र गाउँपालिकाकी उपाध्यक्ष प्रियंका देवी पनि जजमानको रूपमा पूजामा बसेका छ ।

२२ दिनसम्म चल्ने महायज्ञमा मेलाको पनि आयोजना गरिएको छ। भक्तजनहरूको सुरक्षाका लागि ९ ओटा सीसीटीभी क्यामेरा र २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ ।

मेलामा भक्तजनहरूको मनोरञ्जनका लागि पिङ, मृत्यु कुँवा जस्ता आकर्षणहरू राखिएका छन्। साथै, महायज्ञस्थलमा रामलीला र रासलीलाको प्रदर्शन पनि गरिने छ ।

महायज्ञका लागि १ हजार ११ देवीदेवताका मूर्तिहरू स्थापना गरिएको छ भने यसको अनुमानित लागत १ करोड ३० लाख रुपैयाँ रहेको संयोजक सर्राफले जानकारी दिए ।

ताजा समाचार

spot_img

थप समाचार