Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

मुख्यमन्त्री सिंहद्वारा २० स्वास्थ्य संस्थाको अनुगमन, मुस्कान अस्पताल बन्द

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२७ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा २० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेका छन्। बिना स्वीकृति सञ्चालनमा रहेको मुस्कान अस्पताललाई बन्द गर्न निर्देशन दिएपछि शनिबार अस्पतालका सञ्चालकले तालाबन्दी गर्दै साँचो सरकारलाई बुझाएका छन्।

मुख्यमन्त्री सिंहले जनशक्ति, भौतिक पूर्वाधार, उपकरण र मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका अस्पतालहरूलाई आइतबारसम्म आफैँ ताल्चा लगाउन निर्देशन दिएका छन्। बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर सेवा बन्द नगरे सरकारी टोली परिचालन गरिने चेतावनी पनि उनले दिए।

अनुगमनका क्रममा जीवनज्योति हस्पिटल, बिएन हस्पिटल, जनकपुर सीता हस्पिटल, ग्रान्डी हस्पिटल, रामा मेमोरियल हस्पिटलसहित २० अस्पतालमा निरीक्षण गरिएको थियो।

मुख्यमन्त्री सिंहले अनधिकृत स्वास्थ्य संस्थाहरूलाई स्वीकृति प्रक्रिया पूरा नगरेसम्म सेवा बन्द गर्न र आवश्यक कागजातसहित सरकारको सम्पर्कमा आउन आग्रह गरे।

अनुगमन टोलीमा मुख्यसचिव मदन भुजेल, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र, जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलगायत सहभागी थिए। ठाकुरका अनुसार इमरजेन्सी, फार्मेसी, ल्याब, शल्यक्रिया कक्ष, नवजात सघन कक्ष र फोहोर व्यवस्थापन प्रक्रियामा समेत अनुगमन गरिएको थियो।

मुख्यमन्त्री सिंहले भने, “स्वीकृति नलिई अस्पताल सञ्चालन गर्न पाइँदैन। स्वीकृति लिनुस्, चलाउनुस्, होइन भने बन्द गर्नुस्। नियमविपरीत सञ्चालन गर्ने अस्पताल र कर्मचारीलाई कारबाही गरिनेछ।”

ताजा समाचार

थप समाचार