आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

पूर्ण खोप जिल्ला पर्सामा भेटिए ‘जिरो डोज’ बालक, तत्कालै लगाइयो खोप

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ माघ । आठ महिना पहिले नै पूर्ण खोप जिल्ला घोषणा भइसकेको पर्सामा एकजना ‘जिरो डोज’ (नियमित कुनै पनि खोप नलगाएको) बालक फेला परेका छन्। जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई डिपीटी, बीसीजी, पोलियो लगायत १३ प्रकारका नियमित खोप लगाइने गरिन्छ।

- Advertisement -

स्वास्थ्य कार्यालय पर्साले २०८१ जेठ ३ गते पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरेको थियो। तर, घोषणाको आठ महिनापछि नै पर्साको कालिकामाई गाउँपालिका–५, हरिहरपुरमा १ वर्ष ६ महिनाका एक बालकले कुनै पनि खोप नलगाएको पाइएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार स्वास्थ्यकर्मीको टोली पुगेर ती बालकलाई खोप लगाइएको छ।

ठाकुरका अनुसार जिल्लामा हाल सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानका क्रममा स्वास्थ्यकर्मीको टोली गत शुक्रबार हरिहरपुर पुगेको थियो। सोही क्रममा गाउँपालिका कार्यालय अगाडि पाल टाँगेर बसेका फिरन्ते नेटुवा र बढई समुदायका परिवार भेटिएका थिए। त्यही समुदायका १ वर्ष ६ महिनाका बालक कुनै खोप नलगाएको अवस्थामा भेटिएपछि तत्कालै खोप लगाइएको हो।

ठाकुरका अनुसार पूर्ण खोप घोषणा भइसकेपछि पर्सामा ‘जिरो डोज’ बच्चा भेटिएको यो पहिलो घटना हो। फिरन्ते समुदायका भएकाले ती बालक नियमित खोप लगाउनबाट वञ्चित भएको हुनसक्ने उनले बताए।

त्यसैगरी, सोही समुदायमा एचपीभी खोपको लक्षित उमेर समूहमा पर्ने ११, १२ र १३ वर्षका तीन किशोरीहरू भेटिएका थिए। शनिबार नै उनीहरूलाई पनि एचपीभी खोप लगाइएको ठाकुरले जानकारी दिए।

ताजा समाचार

spot_img

थप समाचार