Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

सरकारमा जाने अवस्था छैन, कुनै बार्गेनिङ गरेको छैन: उपेन्द्र यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २७ माघ । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले पार्टीलाई मन्त्रालय आवश्यक नभएको बताए ।

अध्यादेशसँग सम्बन्धित प्रश्नमा उनले भने, “यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको कुरा सुन्नु नै पर्दैन। हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं ।”

यादवले पार्टीले अध्यादेशबारे धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा आएलगत्तै निर्णय सुनाउने बताए। उनले सरकार नै बाधक बनेको र आफूहरूको कारणले अध्यादेश कार्यसूचीमा नचढेको स्पष्ट पारे ।

“हाम्रो कार्यदलले रिपोर्ट दिनेबित्तिकै निर्णय लिने भनेको उता कार्यसूचीबाट हटाइयो। बाधक हामी होइनौं, बाधक सरकार नै हो,” यादवले भने ।

सरकारले हिउँदे अधिवेशनअघि ल्याएका ६ अध्यादेश संसद्को कार्यसूचीमा पेस हुन नसकेको छ। संवैधानिक प्रावधानअनुसार अधिवेशन सुरु भएको पहिलो दिन पेस गरेर ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत ऐनमा रुपान्तरण गर्नुपर्ने बाध्यता छ। अन्यथा, ती अध्यादेश निष्क्रिय हुनेछन् ।

यादवले पार्टीले विज्ञहरूसँग छलफल गरिरहेको जानकारी दिए। “कसैले कामचलाउ भन्छन्, कसैले सबै छन् भन्छन्। विज्ञको सुझाव लिएर हाम्रो निर्णय हुनेछ,” उनले भने ।

उपेन्द्र नेतृत्वको जसपा राष्ट्रियसभा निर्णायक रहेकोले अध्यादेशको टुंगो लगाउन उक्त पार्टीको भूमिकामा चासो बढेको छ ।

ताजा समाचार

थप समाचार