Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगन्ज गोल्डकप फागुन १७ देखि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि बीरगन्जको आर्दशनगर रंगशालामा हुने भएको छ। भेट्रान सिटी क्लब बीरगन्ज आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा आठ फुटबल टिमले सहभागिता जनाउने छन्।

फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइने छ। भेट्रान सिटी क्लब बीरगन्जका अध्यक्ष सबिन बस्नेतले मधेस प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो बीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए।

विगतमा बीरगन्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे। तर, पछिल्लो समय बीरगन्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउने छन्। यसले मधेस प्रदेशमा फुटबल खेलको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौं।’

प्रतियोगितामा संकटा फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौँ, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगन्ज युनाइटेड क्लवले प्रतिस्पर्धा गर्नेछन्।

क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको विजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए।

‘प्रतियोगिता सञ्चालनको लागि आर्दशनगर रंगशालाको मैदान मर्मतसम्भारको कार्य अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘दुई महिनादेखि रंगशालाको मैदान मर्मतसम्भारको कार्यलाई तीव्रता दिइएको छ।’ प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा बीरगन्ज महानगरपालिका रहेको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माणको कार्यलाई पनि तीव्रता दिइएको छ। उनले भने, ‘अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ।’

ताजा समाचार

थप समाचार