Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको अवैध दोहन आशंकामा क्रसर उद्योगमा छापा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन तीव्र पारेका छन् ।

मुख्यमन्त्री सिंहले आइतबार साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन् ।

कमला र वरपरका अन्य खोलाबाट जथाभावी र गैरकानुनी ढङ्गबाट उत्खनन् भएको ढुङ्गा, गिट्टी र बालुवा प्रयोग गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगहरूले गरिरहेको जानकारी प्राप्त भएपछि मुख्यमन्त्री सिंहले धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको टोलीसँग क्रसर उद्योग अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिंहले उद्योगमा सञ्चित रहेको ढुङ्गा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार नगर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले सोमबार स्थानीय तहसँग छलफल र अन्य प्रमाणीकरणका विषय टुङ्गो लगाएर मात्र क्रसर सञ्चालन गर्न दिइने जानकारी दिए ।

मुख्यमन्त्री सिंहले कमलामाई क्रसर उद्योगमा पुगेर क्रसर उद्योगको दर्ता, नवीकरण, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, ढुङ्गा, गिट्टी र बालुवाको परिमाणत्मक सञ्चिति, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेखित मापदण्डअनुसारका ठाउँमा खोला खनिएको वा नखनिएको, खोला खन्दाको ठाउँ र गहिराइ, परिणाम, सञ्चिति प्रमाणीकरण लगायतका विषयमा जानकारी लिएका छन् ।

कमला खोलाबाट वषौंदेखि भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन्का कारण नदी प्रणालीमा प्रतिकूल असर परेको छ । क्रसर उद्योगले जेसिभीलगायत उपकरणबाट जथाभाबी र ठूलो परिमाणमा खनिएका नदीजन्य पदार्थ स्थानीयका ट्याक्टरमार्फत क्रसर उद्योगसम्म ओसार्ने गरेका छन् ।

ताजा समाचार

थप समाचार