आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता लिने चलन बढ्दो

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष गरी वीरगंजको केही मारवाडी समुदाय, विशेषतः बिहारी पृष्ठभूमिका व्यक्तिहरू, आर्थिक हैसियतको आडमा गैरकानुनी रूपमा नेपाली नागरिकता लिने गरेको पाइएको छ।

- Advertisement -

पूर्वी चम्पारण, चकियाबाट व्यवसायिक सम्भावना खोज्दै वीरगंज आएका अशोक तुलस्यानले सुरुवाती दिनमा भन्सार दलाली गर्दै धन कमाए। आर्थिक रूपमा बलियो भएपछि उनले घर-जग्गा जोड्नुका साथै आफ्नै छोराको नाम परिवर्तन गरी गलत विवरणका आधारमा नेपाली नागरिकता पनि प्राप्त गराए।

भारतको निर्वाचन आयोगमा अशोकका छोराको नाम अंशु तुलस्यान उल्लेख छ, तर नेपालमा भने अन्तरिक्ष तुलस्यान नाम राखी नागरिकता बनाइएको छ। प्रशासनिक संयन्त्रमा प्रभाव जमाउँदै उनले यो प्रक्रिया सहजै पूरा गरेको देखिन्छ।

स्थानीय प्रशासन र राजनीतिक स्वार्थले यस्ता कार्यलाई मौन सहमति दिँदै आएकाले वास्तविक नेपाली नागरिकहरू उपेक्षित हुन पुगेका छन्। विदेशी मूलका व्यक्तिहरूले राज्य संयन्त्रमा प्रभाव जमाउँदै जानुले नागरिकता प्रणालीप्रति नै विश्वास कमजोर हुँदै गएको छ।

नेपालको नागरिकता ऐनअनुसार गलत विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ। तर, प्रशासनिक कमजोरी र राजनीतिक हस्तक्षेपका कारण यस्ता अवैध कार्यहरू दण्डहीनताको अवस्थामा रहेको देखिन्छ।

यस्ता गैरकानुनी गतिविधिहरूलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूले कडा अनुगमन र कानुनी कारबाही सुनिश्चित गर्न आवश्यक छ। अन्यथा, पैसाको प्रभावमा नागरिकता वितरणको प्रवृत्तिले देशको सुरक्षा, कानुनी संरचना, र सामाजिक स्थायित्वलाई गम्भीर चुनौती पुर्‍याउन सक्छ।

ताजा समाचार

spot_img

थप समाचार