Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

ठाराब क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी: अनेरास्ववियुबाट पवन यादवको नाम चर्चामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, २९ माघ – ठाकुर राम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थी राजनीतिले तातो लिएको छ। विभिन्न विचारधारासँग सम्बन्धित विद्यार्थी नेताहरू आ-आफ्ना प्यानल बनाएर चुनावी मैदानमा उत्रिने तयारीमा छन्।

यसैबीच नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का तर्फबाट पवन यादवको नाम चर्चामा छ। यादव अनेरास्ववियुको पर्सा जिल्ला कमिटीका सचिवसमेत हुन्। संगठनले उनलाई स्ववियु निर्वाचनको उम्मेदवारका रूपमा चयन गरिसकेको छ।

मिलनसार, मृदुभाषी र विद्यार्थीको हकहितका लागि निरन्तर संघर्ष गर्न सक्ने नेताका रूपमा परिचित यादवलाई अर्को कुनै विकल्प नरहेको अनेरास्ववियुका विद्यार्थी नेताहरूको भनाइ छ।

ठाकुर राम बहुमुखी क्याम्पसमा देखिएका बेथिती अन्त्य गर्न र क्याम्पसको पुरानो साख पुनःस्थापित गर्न आफू चुनावी मैदानमा होमिएको यादवले नेपाल पोस्ट डेलीलाई बताए। उनले संगठनभित्र राय–सल्लाह भइसकेको र अनेरास्ववियुबाट आफ्नो प्यानलमै निर्वाचनमा जाने पक्का भएको जानकारी पनि दिएका छन्।  ठाकुर राम क्याम्पसमा स्ववियु निर्वाचन आउँदो चैत ५ गते हुने कार्यतालिका रहेको छ ।

ताजा समाचार

थप समाचार