आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

जनकपुरका पाँच निजी अस्पतालमा मधेश सरकारको छड्के अनुगमन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०२ फागुन । जनकपुरका थप पाँच निजी अस्पतालमा मधेश सरकारले छड्के अनुगमन गरेको छ। बिहीबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह सहितको टोलीले निजी अस्पतालहरूको अनुगमन गरेको हो।

- Advertisement -

अनुगमनका क्रममा जनकपुर मधेश होस्पिटल (पीडारीचोक) र जनकपुर गोल्डेन अस्पताल (रामानन्दचोक) बिना दर्ता संचालनमा रहेको फेला परेको छ। मुख्यमन्त्री सिंहले शुक्रबार बिहानसम्म विरामीलाई अन्यत्र व्यवस्थापन गरी ११ बजेसम्म अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।

त्यस्तै, सुरक्षा अस्पतालमा अनुगमन गर्दा नवीकरण फेल भएको र सरसफाइमा गम्भीर त्रुटि देखिएको छ। सरसफाइ सुधार्न र कागजातसहित मन्त्रालयमा उपस्थित हुन आदेश दिइएको छ।

ज्योति आँखा अस्पताल का संचालक बाहिर रहेको हुँदा उनलाई भोलि कागजात लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ।

अनुगमनमा हिरा हस्पिटल मात्र दर्ता कागजात दुरुस्त रहेको पाइए पनि, आकस्मिक कक्षमा ८ वटा बेड राखिएकोले ३ वटा बेड घटाउन निर्देशन दिइएको छ।

यसअघि शनिबार, मुख्यमन्त्री सिंहले २० वटा निजी अस्पतालमा छड्के अनुगमन गरेका थिए। सो क्रममा बिना दर्ता संचालन भइरहेका अस्पतालहरूलाई तत्काल विरामी व्यवस्थापन गरी बन्द गर्न निर्देशन दिएका थिए। केही अस्पतालले निर्देशन पालना गरे पनि केहीले अटेर गरेको पाइएको छ।

अटेर गर्ने अस्पतालहरूमध्ये जनकपुर मोर्डन अस्पताललाई आजै बन्द गरिएको छ। साथै, संचालक रामभरोश महतो नियन्त्रणमा लिइ प्रहरीलाई जिम्मा लगाइएको छ।

ताजा समाचार

spot_img

थप समाचार