Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ फागुन । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका छन्। सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको सरोकारवाला तथा सञ्चारकर्मीहरुले बताएका छन्।

बिहीबार काठमाडौंमा सुरक्षित इन्टरनेट दिवस २०२५ का सन्दर्भमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया गरिएको थियो। भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको अन्तरक्रियामा अनलाइनबाट हुने दुर्व्यवहारका घटनाको तथ्यांक अध्ययन, रोकथाम तथा न्यूनीकरणका उपायबारे छलफल भएको थियो।

कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्नेमा जोड दिइन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै प्रत्येक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताइन्। अन्य सहभागीले डिजिटल शिक्षाका बारेमा सबैलाई जानकारी हुनुपर्नेमा जोड दिए।

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले इन्टरनेटको सुरक्षित प्रयोगका लागि राज्यको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। साथै सरोकारवाला संघसंस्थाले आ–आफ्नातर्फबाट सहकार्य गरी सुरक्षित समाज निर्माणमा सहकार्य गर्नु आजको आवश्यकता भएकामा जोड दिएका थिए।
दुर्व्यवहार​का घटना बढ्दै

नेपाल प्रहरीको साइबर ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०र८१ मा छ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारमा परेको भनी उजुरी दर्ता भएका थिए। जसमा दुई सय ५३ बालक थिए भने तीन सय ८२ बालिका थिए। त्यसैगरी १८ वर्षभन्दा माथिका आठ हजार सात सय ४५ जना महिलाले दुर्व्यवहार भोगेको तथ्यांक छ। नेपालमा भएका ८१ प्रतिशतभन्दा बढी अनलाइन दुर्व्यवहारका घटना फेसबुकमार्फत हुने गरेको तथ्यांकले देखाएको छ।

भ्वाइस अफ चिल्ड्रेन र केएनएच जर्मनीले पाँच सय १४ जना बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसँग सम्बन्धित सरोकारवालासँग गरेको अध्ययनअनुसार १३ वर्षदेखि १८ वर्ष उमेर समूहका ९५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालक० मध्ये ९७ प्रतिशत इन्टरनेटको पहुँचमा छन्।

जसमा बालिकामध्ये ३८ दशमलव ६० प्रतिशतले यौनजन्य सन्देशहरु, ३४ प्रतिशतले अश्लील तस्विरहरू, १३ दशमलव ६० प्रतिशतले अश्लील लिंक र भिडियोहरू तथा ६ दशमलव ८० प्रतिशतले अनलाइनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन्।

अध्ययनमा सहभागी अभिभावकमध्ये ९९ प्रतिशतले आफूहरु इन्टरनेटको सुविधा भएको, अनलाइन बालयौन दुर्व्यवहारबारे जानकारी भए पनि कानुनी प्रावधानहरु, उजुरी प्रक्रिया, इन्टरनेट सेवा प्रदायकको भूमिका, डिजिटल साक्षरता, अभिभावकीय शिक्षाजस्ता विषयमा जानकारी नभएको पाइएको छ।

ताजा समाचार

थप समाचार