आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
17.4 C
Birgunj
spot_imgspot_imgspot_img

बाराको सुधार केन्द्रमा एकजनाको मृत्यु, ६ जना पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०२ फागुन । बाराको कलैयास्थित नवजन्म सुधार केन्द्रमा यातनाका कारण एकजनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–९, रामपुर टोलका ३४ वर्षीय धिरेन्द्र (प्रदीपप्रसाद) मण्डलको मृत्यु सुधार केन्द्रमै भएको हो।

- Advertisement -

मृतक मण्डलका दाइ श्यामसुन्दर मण्डलका अनुसार १५ दिनअघि नशामुक्ति गराउन भर्ना गरिएका प्रदीपलाई सुधार केन्द्रमा निर्घात कुटपिट गरिएको थियो, जसका कारण उनको मृत्यु भएको आरोप लगाइएको छ। मृतकको खुट्टाको बुढीऔंलामा चोट लागेको देखिएको प्रहरीले जनाएको छ।

घटनापछि सुधार केन्द्रका एक सञ्चालकसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बलराम क्षेत्रीले बताए।

मृतक मण्डलको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। सुधार केन्द्र कलैया–३, भवानीपुरका साहेबबाबु मन्सुरद्वारा सञ्चालित रहेको बुझिएको छ।

प्रहरीले थप अनुसन्धान जारी राखेको छ भने परिवारले न्यायको माग गरेका छन्।

ताजा समाचार

spot_img

थप समाचार