बीरगन्ज, ०२ फाल्गुन । बारा प्रहरीले २४ लाखबढीको सामानसहित ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।

ईलाका प्रहरी कार्यालय पथलैयाबाट प्रहरी बरिष्ठ निरिक्षक रोशन अधिकारीको कमाणडमा खटिएको प्रहरी टोलीले पथलैया चोकस्थित सडकखण्डमा बीरगन्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना. ६ ख ६३९५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा स्रोत खुलाउन नसकेको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको नियमित चेकजाँचका क्रममा २४ लाख ५७ हजार ७ सय २३ रपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बारले जनाएको छ ।
अवैध समानको स्रोत खुलाउन नसक्दा उक्त ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जनाइएको छ ।