बीरगन्ज, ०२ फाल्गुन । बारा प्रहरीले अफिम जस्तो पदार्थ सहित एक जनालाई नियनत्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अंमलेखगञ्ज बाट प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्काीको कमाण्डमा खटिएको प्रहरील टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ ऋमलेखगञ्ज चोक स्थितमा हेटौडाबाट बीरगन्ज तर्फ जादै गरेको बा ३६ प २७१४ नम्बरको पल्सर मोटरसाईकलाई रोकी चेकजाँच गर्दा सिट मुनी लुकाई छिपाई राखेको अफिम जस्तो पदाथै ५ किलो बरामद गरी चालकलाई नियनत्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर , कैलाश गाउपालिका ६ गोगने बस्ने अ २५ वर्षीया भुवन सिंह थिङ रहेका छन् ।
पक्राउ परेका थिङमाथि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।