Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
21.5 C
Birgunj
spot_img

संस्थागत क्षमता स्वमूल्यांकनमा ठोरी पहिलो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम, २ फागुन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मधेश प्रदेशको नतिजा कमजोर देखिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पालिकाहरू कमजोर देखिएको हुन् ।

पाँचवटा बाहेक १२९ पालिकाले ६० अंक समेत कटाउन सकेको छैन । मधेशको १३६ पालकिामध्ये पर्साको ठोरी (सुवर्ण) गाउँपालिका प्रथम भएको छ । उसले ७१.२ अंक प्राप्त गरेर प्रदेशमै प्रथम भएको हो ।

यस्तै पर्साकै पटेर्वाकै सुगौली गाउँपालिका ६३.५ अंकसहित दोस्रो भएको छ । त्यस्तै ६२.४ अंकसहित बाराको प्रसौनी गाउँपालिका तेस्रो र ६२.१ अंकसहित रौतहटको गौर नगरपालिका चौथो भएको छ ।

यस्तै ६१.५ अंकसहित बाराको परवानीपुर गाउँपालिका ६१.५ अंकसहित पाँचौँ भएको छ । अन्य पालिकाहरूले ६० भन्दा माथि अंक ल्याउन सकेको छैनन् ।
यसभन्दा अघिल्लो वर्ष ८३.७५ अंकसहित धनुषाको औरही गाउँपालिका प्रथम भएको थियो । यसपटक सो पालिका ४३.१ मात्र ल्याएर ४० अंक तल झरेको छ ।

उपमहानगर र महानगरको नतिजा कमजोर देखिएको छ ।

मधेशको एक मात्र बीरगन्ज महानगरपालिका ४३.१ मात्र पाएको छ । अघिल्लो वर्ष दोस्रो ८१.२ अंकसहित दोस्रो भएको बाराको कलैया उपमहानगरपालिका ५८.१ अंकमा सीमित भएको छ ।

जितपुर सिमरा उपमहानगर ४४ र जनकपुरधाम उपमहानगरपालिका ३५.८ अंक मात्र ल्याएको छ ।

ताजा समाचार

थप समाचार