मकवानपुर, ०२ फाल्गुन । काठमाडौं-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।
कुलेखानी-सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।