Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

चालु आर्थिक वर्षमा सरकारको आम्दानी र खर्च दुवै कमजोर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, ०२ फाल्गुन । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा निकै कमजोर रहेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सात महिनासम्म सरकारको आम्दानी ४४.८३ प्रतिशत र खर्च ४०.५८ प्रतिशत मात्र पुगेको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन गरेको थियो भने रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर कमजोर आम्दानी र खर्चको प्रवृत्तिले सरकारले अर्धवार्षिक समीक्षामा बजेट खर्चको संशोधित अनुमान ९०.९९ प्रतिशतमा सीमित गर्नुपरेको छ।

राजस्व संकलनमा पनि लक्ष्यभन्दा ठूलो गिरावट
माघ मसान्तसम्म सरकारले रू ६ खर्ब ५९ अर्ब ७३ करोड ५७ लाख मात्र राजस्व उठाउन सकेको छ, जुन वार्षिक लक्ष्यको ४४.८३ प्रतिशत मात्र हो। कर राजस्व संकलन ४४.०५ प्रतिशत र गैरकर राजस्व ५७.१५ प्रतिशत रहेको छ।

त्यस्तै, वैदेशिक अनुदान संकलनमा समेत ठूलो गिरावट देखिएको छ। चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने लक्ष्य थियो, तर हालसम्म १६.८७ प्रतिशत मात्र संकलन भएको छ।

पुँजीगत खर्च अत्यन्तै न्यून
पुँजीगत शीर्षकमा रू ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन गरिएको थियो, तर मात्र १९.४२ प्रतिशत खर्च भएको छ। आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने पुँजीगत खर्च अत्यन्तै सुस्त देखिएको छ, जसले पूर्वाधार विकासलगायतका परियोजनाहरूमा असर पार्ने चिन्ता बढाएको छ।

 

ताजा समाचार

थप समाचार