आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

टिकटकले ल्यायो नयाँ सुरक्षा...

काठमाडौं,१० चैत। टिकटकले आफ्नो प्रयोगकर्ताको खाता सुरक्षा बलियो बनाउने उद्देश्यले नयाँ सुरक्षा जाँच...

एसइई परीक्षामा मर्यादाविपरीत कार्य...

वीरगन्ज, १० चैत। पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दौरान मर्यादाविपरीत कार्य गर्ने...

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

सुनसरीबाट ब्राउन सुगरसहित २ भारतीय पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धरान,०२ फाल्गुन । सुनसरीको इनरुवाबाट ब्राउन सुगरसहित दुई जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित अररिया जिल्लाको थाना नरपथगंज सोनापुर-१ का ३३ वर्षीय कपिल मेहता र २८ वर्षीय पंकज कुमार पासवान रहेका छन्।

- Advertisement -

भारतको बिहार राज्यको अररिया जिल्लाबाट बीआर३८एके०२११ नम्बरको मोटरसाइकलमा सुनसरी आएका उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इनरुवा नगरपालिकाको नुतन पेट्रोल पम्प अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए। प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई कानुन बमोजिम खानतलासी गर्दा कपिल मेहताले लगाएको हाफ ज्याकेटको भित्री गोजीबाट प्लास्टिकको पोकाभित्र १०९ ग्राम ब्राउन सुगर भेटिएको थियो।

ताजा समाचार

spot_img

थप समाचार