आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

टिकटकले ल्यायो नयाँ सुरक्षा...

काठमाडौं,१० चैत। टिकटकले आफ्नो प्रयोगकर्ताको खाता सुरक्षा बलियो बनाउने उद्देश्यले नयाँ सुरक्षा जाँच...

एसइई परीक्षामा मर्यादाविपरीत कार्य...

वीरगन्ज, १० चैत। पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दौरान मर्यादाविपरीत कार्य गर्ने...

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

पेन्सन बन्चित शिक्षक संघर्ष समितीको बीरगन्ज महानगर कमिटि गठन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि गठन गरेको छ। बीरगन्जको त्रिजुद्घ माध्यमिक विद्यालय परिसरमा बसेको भेलाले प्रेमचन्दं झाको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो। नवगठित समितीको उपाध्यक्षमा प्रवेज आलम, महिला उपाध्यक्षमा रोजी साह, सचिवमा अरुण कुशवाहा, सह-सचिवमा काजल किरण सर्राफ, राज कुमार ठाकुर, कोषाध्यक्षमा हृदयानन्द ठाकुर, सह-कोषाध्यक्षमा गुण प्रसाद पौडेल लगायत रहेका छन्।

- Advertisement -

कार्यक्रमका प्रमुख अतिथी समितीका पर्सा जिल्ला अध्यक्ष रामबालक यादवले अध्यादेशमा गरिएको व्यवस्थालाई विभेदकारी ठहर गर्दै खारेजी नभएसम्म आफूसहित संगठनले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष यादवले विगतका सबै सम्झौताहरू ऐनमा समावेश नभएसम्म ठूलो आन्दोलनको जोखिम रहेको भन्दै, २०७५/१२/०४ पछि नियुक्त शिक्षकहरूलाई पुरानै पेन्सन प्रणाली अनुसार पेन्सन लागू गर्नुपर्ने बताए। उनले शिक्षा मन्त्री विद्या भट्टाराईको मौखिक आश्वासनको आधारमा शिक्षकहरूलाई विश्वास नगर्न चेतावनी पनि दिएका छन्।

कार्यक्रममा बोल्दै जिल्ला सचिव बिन्दुभुषण साहले २०७५/१२/०४ पछि नियुक्त शिक्षकहरुलाई भूतप्रभावी कानून लागू गर्ने अध्यादेशलाई गलत र अन्यायपूर्ण ठहराउँदै विरोध जनाए।

पर्साका पेन्सन बन्चित शिक्षकहरुलाई एकजुट भएर आफनो अधिकारको लागि कुनै पनि आन्दोलनमा भाग लिने तयारीमा रहन, जिल्ला उपाध्यक्ष बिमाला श्रेष्ठले आग्रह गरे।

ताजा समाचार

spot_img

थप समाचार