आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

प्याब्सन पर्साले आयोजना गर्ने टी–२० क्रिकेट र फुटबल प्रतियोगिता सुरु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२० क्रिकेट र राज होजियारी जुनियर फुटबल प्रतियोगिताको क्याप्टेन मीट्सको आयोजन गरेको छ। यस प्रतियोगितामा देशभरका विद्यालयहरूले सहभागिता जनाउनेछन्।

- Advertisement -

टी–२० क्रिकेटमा २७ विद्यालय र फुटबलमा २० विद्यालयले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता नारायणी क्रिकेट मैदान र विपद् व्यवस्थापन गुल्म वीरगञ्जको खेल मैदानमा हुनेछ।

प्रतियोगितामा वीरगञ्ज महानगरको साथै, ठोरी र धोबिनी गाउँपालिकाका विद्यालयहरूको पनि सहभागिता हुनेछ, जुन सम्भवतः पहिलो पटक हुनेछ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीका अनुसार, प्रतियोगिताको उद्देश्य विद्यार्थिहरूमा खेलकुदप्रतिको रुचि बढाउने, स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावना विकास गर्ने हो। उनले भने, “खेलकुद विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा ठूलो भूमिका खेल्छ, र यो प्रतियोगिता उनीहरूलाई आफ्नो प्रतिभा देखाउनको लागि एक उत्कृष्ट अवसर हो।”

प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र, शिल्ड र मेडल दिइनेछ। क्रिकेटको विजेतालाई १५ हजार, दोस्रो स्थानमा रहनेलाई १० हजार, र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। फुटबलको प्रथम पुरस्कार ८ हजार, दोस्रो स्थानमा ६ हजार, र तेस्रोलाई ४ हजार रुपैयाँ नगद दिइनेछ।

प्रतियोगिताको उद्घाटन ५ गते नारायणी क्रिकेट मैदानमा प्याब्सनका केन्द्रिय अध्यक्ष डिके डुंगानाले गर्नेछन्। प्रत्येक खेलाडीको २५ हजार रुपैयाँ बराबरको बीमा गरिने व्यवस्था गरिएको छ।

क्याप्टेन मीट्समा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, वरिष्ठ सल्लाहकार डा. हरिशंकर साह, क्रिकेट संयोजक इमामुद्दिन अहमद, फुटबल संयोजक प्रविन चौधरी लगायतका प्रमुख उपस्थितिहरू रहेका थिए।

ताजा समाचार

spot_img

थप समाचार