Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २७ फागुन । खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेटर्वार्ता भएकाे छ । भेटर्वार्ता लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ ।

भेटर्वार्ताका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा संघीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनाहरुमा ८० प्रतिसत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिशत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

उनले भने, ‘संघीय सरकारबाट लुम्बीनी प्रदेशमा खानेपानीका आयोजनामा करिब रु अढाइ करोड भन्दा बढी रकम लगानी भइसकेको छ । थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन् । ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भएपनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।’

लुम्बlनी प्रदेशमा कम्तिमा पनि रु एक/डेढ अर्ब मात्रै बजेट विनियोजन भए संघीय सरकारबाट सञ्चालिन खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराएका थिए । उनले भने, ‘संघले सुरु गरेका खानेपानीका आयोजना संघले नै सम्पन्न गर्नु पर्ने हाम्रो माग छ । यात संघले बजेट थप दिनु पर्‍यो, होइन भने आफै आयोजना सम्पन्न गर्नु पर्‍यो ।’

उक्त अवसरमा मन्त्री यादवले थोरै रकमले काम सम्पन्न गर्न सकिने र नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न सकिने खानेपानी आयोजनाका विषयमा प्रदेश सरकारले लिखlत रुपमा मन्त्रालयमा जानकारी गराएको खण्डमा ती आयोजनाहरु सम्पन्न गराउनेतर्फ मन्त्रालय अघि बढ्ने बताए। उनले भने, ‘बजेट अभाव छ । नयाँ योजना नराखौँ । ८० प्रतिसत काम सम्पन्न भएका र थोरै लगानीमा पूर्व रुपमा काम सम्पन्न हुने अवस्थामा रहेका आयोजनाहरुका विषयमा जानकारी दिनुहोला । आयोजना सम्पन्न गर्न हाम्रोबाट पूर्ण सहयोग रहने छ ।’

उक्त भेटर्वार्तामा खानेपानीमन्त्रालयका सचिव ई. प्रमिलादेबी शाक्य बज्राचार्य, लुम्बिनी प्रदेशका सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ लगायत सहभागी रहेकाे थियाे ।

ताजा समाचार

थप समाचार