Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

गणतन्त्रको उदारतालाई मजबुरी नठान्न पूर्वराजा र राजावादीलाई प्रचण्डको चेतावनी

spot_img

काठमाडौं,२७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको उदारता र मौलिकतालाई मजबुरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूलाई चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसारका विभिन्न देशहरूमा तानाशाही राजाहरूको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न चेतावनी दिएका हुन् ।
उनले भने( ‘नेपालको शान्ति प्रक्रिया मात्रै होइन, गणतन्त्रको इतिहास पनि निकै मौलिक र उदार रहेको छ । संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छ । तर, नेपाल त्यसको अपवाद बन्यो । हामी सबैलाई राम्रोसँग जानकारी छ, त्यो हाम्रो मौलिकता र उदारताको प्रमाण थियो । पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परको कुरा, निर्वाशनसमेत नतोकी तत्कालका लागि बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सन हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रममात्रै हुने छ । उदारतालाई कमजोरी ठानियो भने यो निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।ु

प्रचण्डले पूर्वराजालाई सुरक्षित रूपमा देशमै राख्ने व्यवस्था गरेर गणतन्त्र ल्याएको बताउँदै लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको बताए ।

प्रचण्डले भने, ‘सारा उपलब्धिलाई उल्टाउने कोशिष हुँदैछ । अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ । सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग भइरहेको छ । ८ महिना अघिसम्म यस्तो ठूलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । अहिले सबैतिर आन्दोलन छ ।’

प्रचण्डले सरकारको कामका कारण व्यवस्थाप्रति नै निराशा छाएको उल्लेख गर्दै उनले गणतन्त्रमा फोहोर फालिएको टिप्पणी गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय