Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षी दलद्वारा अवरुद्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनगढी,२७ फागुन । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगमा सदस्य संख्या बढाएपछि प्रदेशसभामा तीव्र विरोध भएको छ। प्रतिपक्षी दलहरूले उक्त निर्णयको विरोध गर्दै मंगलबारको बैठक अवरुद्ध गरे।

पहिले तीन जना सदस्य रहेको आयोगमा सरकारको नयाँ निर्णयअनुसार दुई जना थप गरी पाँच जना बनाइएको छ। यसैलाई लिएर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरू एकजुट भएर विरोधमा उत्रिएका थिए। बैठक सुरु हुनेबित्तिकै उनीहरू उभिएर आपत्ति जनाए।

पूर्व आर्थिक मामिलामन्त्री तथा समाजवादीका सांसद नरेशकुमार शाहीले सरकारको निर्णय अस्वीकार्य रहेको बताउँदै आयोगमा उपाध्यक्षसहित तीन सदस्य मात्र रहने पुरानै व्यवस्था लागू गर्न माग गरे।

यसैबीच, मंगलबारको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उद्योग तथा वनसम्बन्धी केही ऐन संशोधनका विषयमा छलफल गर्ने कार्यसूची थियो। तर, प्रतिपक्षी दलहरूको लगातारको विरोधका कारण सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्ने घोषणा गरे।

ताजा समाचार

थप समाचार