आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

बारा-पर्सा प्रहरी प्रशासनको अपिल: सुरक्षित र मर्यादित होली मनाउन आग्रह

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२७ फाल्गुन । बारा-पर्सा जिल्लाका प्रहरीले यस वर्षको होली सुरक्षित, मर्यादित र सद्भावपूर्ण रूपमा मनाउन विशेष आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा र पर्साले आइतबार १४ बुँदे निर्देशन जारी गर्दै होली मनाउँदा अनुशासित रहने र कानुनी उल्लङ्घन नगर्न अनुरोध गरेको हो।

- Advertisement -

एसपी गौतम मिश्रले आत्मीयजनहरूसँग मात्र होली खेल्न र अपरिचित समूहसँग होली नखेल्न सुझाव दिएका छन्। उनले होलीको नाममा कुनै पनि उच्छृङ्खल गतिविधि नगर्न तथा धार्मिक, सांस्कृतिक र साम्प्रदायिक सद्भावलाई असर पार्ने कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जारी गरेको विज्ञप्तिमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

कसैको इच्छा विपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल वा फोहोर पानी छ्याप्न नपाइने। छाला तथा आँखामा असर गर्ने रंग प्रयोग नगर्न आग्रह। महँगा गरगहना लगाएर होली नखेल्न तथा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान सुझाव। मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न निर्देशन। बालबालिका, महिला, अशक्त तथा ज्येष्ठ नागरिकलाई होली खेल्न जबरजस्ती गर्न नपाइने। रेलिङ नभएका छत तथा सडकमा होली खेल्दा दुर्घटनाको जोखिम भएकाले त्यस्ता क्रियाकलाप नगर्न आग्रह। सुरक्षाका लागि प्रहरीको विशेष पहल पकेटमारी, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले होलीका दिन विशेष निगरानी गर्ने जनाएको छ।

यदि कुनै गम्भीर वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई सूचित गर्न अनुरोध गरिएको छ। निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
१०० / ९८५५०२८२८५ / ९८५५०९०१३६ / ९८५५०२८२८७

प्रहरीले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएको छ। सुरक्षित, मर्यादित र उल्लासमय रूपमा होली मनाउन सबैलाई आग्रह गरिएको छ।

ताजा समाचार

spot_img

थप समाचार