Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

सांसद तोसिमा कार्कीको पद रहने कि नरहने? फैसला आज हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ फागुन । ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने वा नरहने भन्ने विषयमा आज (फागुन २७) फैसला हुने सम्भावना छ। यसअघि फागुन ४ गतेका लागि तोकिएको मुद्दाको निसु (निर्णय सुनाइने दिन) आजका लागि सारिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्तरिम आदेशमार्फत चुनाव लड्ने अवसर पाएकी तोसिमा अन्ततः ललितपुर–३ बाट निर्वाचित भइन्। तर, उनको उम्मेदवारी खारेजीको विषय अहिलेसम्म कानुनी विवादकै बीच रहेको छ।

पुस २५ गतेदेखि उनको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा विचाराधीन छ। अब आजको फैसला उनका लागि निर्णायक बन्नेछ। यदि अदालतले उनको पक्षमा निर्णय गरेन भने सांसद पद गुम्ने खतरा छ। यस विषयमा अदालतको अन्तिम निर्णय आउने अपेक्षा गरिएको छ।

ताजा समाचार

थप समाचार