वीरगन्ज,२७ फाल्गुन । वीरगन्ज नर्सिङ्ग क्याम्पसमा अखिल क्रान्तिकारीबाट कविता आचार्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

आज स्ववियु निर्वाचनअन्र्तगत उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको थियो । जसअन्र्तगत अध्यक्ष पदमा अखिल क्रान्तिकारीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।
त्यस्तै कोषाध्यक्षमा अञ्जु सुनार, सचिवमा सरस्वती श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।