आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

वस्तु निर्यातमा ४६.५% वृद्धि

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २७ फागुन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालको वस्तु निर्यातमा ४६.५ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ७.१ प्रतिशतको गिरावट आएको थियो। भारत, चीन र अन्य मुलुकहरूतर्फको निर्यातमा क्रमशः ६६.९%, ८.६% र ३.५% वृद्धि भएको देखिएको छ ।

- Advertisement -

प्रमुख निर्यात वस्तुहरूमा भटमासको तेल, पोलिस्टर यार्न, चिया, अलैंची र पार्टिकल बोर्ड रहेका छन्, जबकि पाम तेल, जिंक शिट, अदुवा र जडिबुटीको निर्यातमा गिरावट आएको छ ।

आयातमा भने १०.१ प्रतिशतको वृद्धि भएको छ र यो ९ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा आयातका प्रमुख वस्तुहरूमा भटमासको कच्चा तेल, चामल, यातायात उपकरण र खाने तेल रहेका छन्, भने पेट्रोलियम पदार्थ र पामको कच्चा तेलको आयात घटेको छ ।

यसका कारण, कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। आयात र निर्यातको अनुपात १२.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.७ प्रतिशतको तुलनामा सुधार भएको हो ।

ताजा समाचार

spot_img

थप समाचार