Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

पत्रकारिताको प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह

spot_img

बीरगन्ज,२७ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि निरन्तर प्रयासरत रहेको बताउनुभएको छ।

बर्दिबासमा आयोजित सञ्चारिका समूह नेपाल, मधेस प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकार सीमित स्रोतसाधनभित्रै रहेर पत्रकारिता प्रवद्र्धनमा सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले पत्रकारिता पेसालाई मर्यादित र निष्पक्ष बनाउन सबै पक्षको सकारात्मक दृष्टिकोण आवश्यक रहेको धारणा राख्नुभयो।

मुख्यमन्त्री सिंहले विशेष गरी महिला पत्रकारहरूको सङ्ख्या अझै न्यून रहेकाले उनीहरूलाई पेसामा टिकाइ राख्न राज्यका निकाय तथा सामाजिक सङ्घसंस्थाले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। साथै, स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरहरूमा महिलाको पहुँच वृद्धि गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो।

पत्रकारिताको निष्पक्षता र पेसागत धर्मको पालना अनिवार्य रहेको औँल्याउँदै मुख्यमन्त्री सिंहले राजनीतिक आग्रहभन्दा माथि उठेर सत्यतथ्य रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सञ्चारिका समूह मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल, जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, महासङ्घका प्रदेश अध्यक्ष श्याम वञ्जारा लगायतले पनि आफ्ना विचार राख्नुभएको थियो।२७ फागुन, वीरगञ्ज – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि निरन्तर प्रयासरत रहेको बताउनुभएको छ।

बर्दिबासमा आयोजित सञ्चारिका समूह नेपाल, मधेस प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकार सीमित स्रोतसाधनभित्रै रहेर पत्रकारिता प्रवद्र्धनमा सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले पत्रकारिता पेसालाई मर्यादित र निष्पक्ष बनाउन सबै पक्षको सकारात्मक दृष्टिकोण आवश्यक रहेको धारणा राख्नुभयो।

मुख्यमन्त्री सिंहले विशेष गरी महिला पत्रकारहरूको सङ्ख्या अझै न्यून रहेकाले उनीहरूलाई पेसामा टिकाइ राख्न राज्यका निकाय तथा सामाजिक सङ्घसंस्थाले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। साथै, स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरहरूमा महिलाको पहुँच वृद्धि गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो।

पत्रकारिताको निष्पक्षता र पेसागत धर्मको पालना अनिवार्य रहेको औँल्याउँदै मुख्यमन्त्री सिंहले राजनीतिक आग्रहभन्दा माथि उठेर सत्यतथ्य रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सञ्चारिका समूह मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल, जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, महासङ्घका प्रदेश अध्यक्ष श्याम वञ्जारा लगायतले पनि आफ्ना विचार राख्नुभएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय