जनकपुर,२७ फागुन । महोत्तरीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। स्रोतका अनुसार, मालपोत कार्यालयमै घुस लिइरहेको अवस्थामा पक्राउ गरिएका दास र महतोमाथि थप अनुसन्धान भइरहेको छ।
अख्तियारका अधिकारीहरूले घुस तथा भ्रष्टाचारविरुद्ध कडाइका साथ निगरानी जारी राखेको बताउँदै दोषीहरूमाथि कानुनी कारबाही अघि बढाइने बताएका छन्। पक्राउ परेका कर्मचारीहरूसम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।