Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

जनकपुरबाट स्रोत नखुलेको साढे ९ लाख रुपैयाँसहित ४ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२७ फागुन । स्रोत नखुलेको ९ लाख ६८ हजार १२० रुपैयाँसहित जनकपुरधामबाट ४ जना पक्राउ परेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार पक्राउ पर्नेमा महोत्तरी एकडारा गाउँपालिका कोल्हुवा टोलका २४ वर्षीय सुरज मण्डल, उनका दाइ २७ वर्षीय दीपककुमार मण्डल, सर्लाहीको ब्रह्मपुरी टोलका १८ वर्षीय अरुणकुमार साह र जनकपुरधाम उपमहानगरपालिका–१२ कुवारामपुरका ३३ वर्षीय गोविन्दकुमार खत्बे रहेका छन्।

प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाका अनुसार, सोमबार बेलुकी विशेष सूचनाको आधारमा धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले म। प्र। ०२–००७ प ८०७७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक शिवमकुमार साह स्रोत नखुलेको रकमसहित भेटिएपछि थप अनुसन्धान गरिएको थियो। सोधपुछका क्रममा उक्त रकम जनकपुरधाम–१० देवीचोकस्थित डेरामा बस्ने समूहसँग सम्बन्धित रहेको खुलेपछि प्रहरी टोलीले सो स्थानमा खानतलासी गरेको थियो।

प्रहरीले खानतलासी गर्दा ५ थान मोबाइल, १५० थान बैंक नगद जम्मा गरेको भौचर, चेकबुक, ३ वटा पासपोर्ट र थप ८० हजार १२० रुपैयाँ बरामद गरेको छ।

हाल पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कोइरालाले जानकारी दिएका छन्। स्रोत नखुलेको ठूलो मात्रामा रकम भेटिएकाले यसबारे गहिरो अनुसन्धान गरिने जनाइएको छ।

ताजा समाचार

थप समाचार