spot_img

नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देश

spot_img
spot_img

काठमाडौं,२८ फागुन । काठमाडौं उपत्यकामा वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ, र यसको प्रमुख कारण लामो समयसम्म पानी नपरेको र हावा नचलेको स्थिती हो, जसले प्रदूषणको स्तरलाई अझै बढाएको छ।

स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार, नेपाल अहिले विश्वका सबैभन्दा बढी प्रदूषित देशहरूको सूचीमा दोस्रो स्थानमा छ। पहिलो स्थानमा भारत छ।

वातावरण विभागका अनुसार, आज बिहान दाङको देउखुरी क्षेत्रको वायु गुणस्तर सबैभन्दा खराब रहेको छ, जहाँको एक्यूआई १९२ मापन गरिएको छ। यसपछि, कैलालीको धनगढी, भक्तपुर, काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैंसेपाटी क्षेत्रका वायू पनि अति अस्वस्थकर स्तरमा पुगेका छन्।

चितवनको भरतपुर र धनकुटाका वायु गुणस्तर पनि खराब रहेका छन्। त्यस्तै, काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रमा पनि हावाको गुणस्तर खतरनाक तहमा पुगेको देखिन्छ।

हिजो बेलुका ललितपुरको लगनखेल क्षेत्रमा एक्यूआई २०० सम्म पुगेको थियो। मौसमविदहरूको अनुसार, पानी नपरेसम्म वा हावा नचलेसम्म प्रदूषणको अवस्था यस्तै रहने सम्भावना छ। तत्काल पानी पर्ने सम्भावना छैन, र आज पनि केवल बादल लाग्ने मात्र अपेक्षा गरिएको छ।

तर, चैत १ गतेदेखि काठमाडौं र देशका मध्य पहाडी क्षेत्रमा हावा चल्ने सम्भावना रहेकोले प्रदूषणको स्तर केही घट्ने अनुमान गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय