रौतहट,२८ फागुन । रौतहटको प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका विभिन्न प्रकारका सामान र दुईवटा मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले गौर नगरपालिका-४, टीकुलियाका २५ वर्षीय भोला साहलाई पक्राउ गरेको हो। उहाँसँग १ लाख ७५ हजार बराबरको मोटर पार्ट्स, कपडा, किराना सामान र दुईवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकल— विआर ३० एक्स २४०७ र विआर ०५ जेड ७२६८ पनि बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले युवकलाई पक्राउ गरेर आवश्यक कारबाहीको लागि मङ्गलवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।
होलीको अवसरमा नेपाली र भारतीय तस्करहरूले चोर बाटोमार्फत अवैध सामान नेपाल भित्र्याउने प्रयास गरिरहेको देखिएको छ।