बीरगन्ज,२८ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटनामा परेको छ।

चितवनको नारायणगढबाट पर्साको बीरगन्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको हो।
बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार, बसका सबै यात्रुहरू सुरक्षित रहे भने स्कुटर चालक घाइते भएका छन्। उनलाई उपचारका लागि नजिकको अस्पताल पठाइएको छ।
दुर्घटनाको सूचना पाएलगत्तै अमलेखगञ्जबाट वरिष्ठ प्रहरी निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।