Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

नक्कली नोटसहित ५ जनालाई सर्लाहीबाट पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,२८ फागुन । सर्लाहीको मलङ्गवा सदरमुकामबाट प्रहरीले पाँच जनालाई नेपाली नक्कली नोटसहित पक्राउ गरेको छ।

प्रहरीले मलङ्गवा नगरपालिका-८ स्थित गोरखकाली नाकामा नोट बनाउने काममा संलग्न पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरू महोत्तरीको सोनमा गाउँपालिका-७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद मंसुर, रौतहटको गढीमाई नगरपालिका-९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका-७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका-२ की ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन्।

भारततर्फबाट आएका तीनवटा मोटरसाइकल— बा ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलहरूमा सुराकीका आधारमा खानतलासी गर्दा नक्कली नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उक्त गिरोहको पासबाट नेपाली नक्कली एक हजार दरका १७६ थान नोटहरू बरामद गरेको छ। यी नोटहरू तलमाथि एकरएक वटा नोट राखेर बीचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा रहेको थियो।

पक्राउ परेका सबै पाँच जनालाई मुद्रा सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार