आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, घटनाले लियो नयाँ मोड

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ फागुन ।  बीरगन्जमा सञ्चार स्वतन्त्रतामाथि धक्का पुग्ने एउटा घटनाले चर्चा पाइरहेको छ। यात्राडेली डटकमका पत्रकार आशु कुमार सर्राफमाथि सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय कुमार सिंहले गरेको अभद्र व्यवहारको विषयमा छानबिन अघि बढाइएको छ।

- Advertisement -

के हो घटना?
मंगलबार साँझ पत्रकार सर्राफ बीरगन्ज भन्सार क्षेत्रस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म अगाडि सवारी चेकजाँचको दृश्य कैद गरिरहेका थिए। सोही क्रममा ड्युटीमा रहेका असई सिंहले भिडियो खिच्न रोक्न खोजे। सर्राफले आफ्नो पत्रकारिता धर्म निर्वाह गर्दै भिडियो खिच्न जारी राखेपछि स्थिती तनाबग्रस्त बन्यो।

त्यसपछि असई सिंहले सर्राफलाई चरेस तस्करीको झुटो आरोप लगाउँदै अपमानजनक व्यवहार गरे। उनले सञ्चारकर्मीको इमानदारीमाथि प्रश्न उठाउने गरी “तँ महिना खान्छस्” भन्ने शब्द प्रयोग गरेका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको आचरणमाथि प्रश्न उठ्दै गयो।

कारबाही प्रक्रिया सुरु
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहितको टोलीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धितालसँग भेट गरी दोषीमाथि कडा कारबाहीको माग राख्यो। एसपी धितालले घटनालाई गम्भीर रुपमा लिँदै असई सिंहलाई हेडक्वार्टर तानेर स्पष्टीकरण मागिएको जानकारी दिए।

असई सिंहको विवादित इतिहास
यो पहिलो घटना भने होइन। असई सिंह यसअघि पनि विभिन्न विवादमा परिसकेका छन्। पर्साको लहावरथकरी क्षेत्रमा कार्यरत रहँदा उनले दिनदहाडै घुस लिएको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि उनीमाथि कारबाही भए पनि उनको व्यवहारमा सुधार देखिएन। हालै मात्र भन्सार नजिकै तस्कर पवनसँग बसेर ‘सेटिङ’ गरेको खबर बाहिरिएको थियो।

प्रेस स्वतन्त्रतामाथि प्रहार?
यो घटनाले प्रेस स्वतन्त्रता र सुरक्षाकर्मीको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ। पत्रकार महासंघका अध्यक्ष खनालले सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै दोषीलाई कडा सजाय दिनुपर्ने माग गरेका छन्। यस घटनाले नेपालमा पत्रकारिताको सुरक्षा र प्रहरीको जवाफदेहिता कति मजबुत छ भन्ने विषयमा फेरि बहस जन्माएको छ।

ताजा समाचार

spot_img

थप समाचार