Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बीरगन्जमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, घटनाले लियो नयाँ मोड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ फागुन ।  बीरगन्जमा सञ्चार स्वतन्त्रतामाथि धक्का पुग्ने एउटा घटनाले चर्चा पाइरहेको छ। यात्राडेली डटकमका पत्रकार आशु कुमार सर्राफमाथि सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय कुमार सिंहले गरेको अभद्र व्यवहारको विषयमा छानबिन अघि बढाइएको छ।

के हो घटना?
मंगलबार साँझ पत्रकार सर्राफ बीरगन्ज भन्सार क्षेत्रस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म अगाडि सवारी चेकजाँचको दृश्य कैद गरिरहेका थिए। सोही क्रममा ड्युटीमा रहेका असई सिंहले भिडियो खिच्न रोक्न खोजे। सर्राफले आफ्नो पत्रकारिता धर्म निर्वाह गर्दै भिडियो खिच्न जारी राखेपछि स्थिती तनाबग्रस्त बन्यो।

त्यसपछि असई सिंहले सर्राफलाई चरेस तस्करीको झुटो आरोप लगाउँदै अपमानजनक व्यवहार गरे। उनले सञ्चारकर्मीको इमानदारीमाथि प्रश्न उठाउने गरी “तँ महिना खान्छस्” भन्ने शब्द प्रयोग गरेका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको आचरणमाथि प्रश्न उठ्दै गयो।

कारबाही प्रक्रिया सुरु
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहितको टोलीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धितालसँग भेट गरी दोषीमाथि कडा कारबाहीको माग राख्यो। एसपी धितालले घटनालाई गम्भीर रुपमा लिँदै असई सिंहलाई हेडक्वार्टर तानेर स्पष्टीकरण मागिएको जानकारी दिए।

असई सिंहको विवादित इतिहास
यो पहिलो घटना भने होइन। असई सिंह यसअघि पनि विभिन्न विवादमा परिसकेका छन्। पर्साको लहावरथकरी क्षेत्रमा कार्यरत रहँदा उनले दिनदहाडै घुस लिएको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि उनीमाथि कारबाही भए पनि उनको व्यवहारमा सुधार देखिएन। हालै मात्र भन्सार नजिकै तस्कर पवनसँग बसेर ‘सेटिङ’ गरेको खबर बाहिरिएको थियो।

प्रेस स्वतन्त्रतामाथि प्रहार?
यो घटनाले प्रेस स्वतन्त्रता र सुरक्षाकर्मीको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ। पत्रकार महासंघका अध्यक्ष खनालले सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै दोषीलाई कडा सजाय दिनुपर्ने माग गरेका छन्। यस घटनाले नेपालमा पत्रकारिताको सुरक्षा र प्रहरीको जवाफदेहिता कति मजबुत छ भन्ने विषयमा फेरि बहस जन्माएको छ।

ताजा समाचार

थप समाचार