Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

पाकिस्तानमा अपहरण परेका १०४ रेल यात्रीको उद्धार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इस्लामवाद,२८ फाल्गुन । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ । मंगलबार हतियारधारी समूहले आक्रमण गरी रेलका यात्रुहरुलाई अपहरण गरी बन्धक बनाएका थिए । यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले लिएको छ ।

बीबीसीका अनुसार क्वेटा शहरबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसको रेलका यात्रीहरु हतियारधारी समूहको निशानामा परेका थिए । पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीका अनुसार जाफर एक्सप्रेसका धेरैजसो यात्रीहरुलाई रेलबाट ओरालेर पहाडी इलाकामा लगिएको थियो ।

लगत्तै सेनासहितको टोली उद्धारका लागि परिचालित भएको थियो । त्यसक्रममा १६ चरमपन्थी मारिएको र १०४ जना यात्रीहरुलाई उद्धार गरिएको बीबीसीले जनाएको छ । तीमध्ये ८० यात्री नजिकको अर्को रेलवे स्टेसन पुगिसकेका छन् । त्यहाँ उनीहरुको प्राथमिक स्वास्थ्य जाँच गरिने छ ।

रेलवे अधिकारीहरुका अनुसार उक्त रेलमा ९ डब्बा थिए । र, त्यसमा ४०० बढी यात्रुहरु थिए । हतियारधारी समूहले रेलको लिकलाई भत्काइदिएर रेल रोकेका थिए । उनीहरुले रेलमा गोली पनि चलाएको बताइएको छ ।

ताजा समाचार

थप समाचार