आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

पाकिस्तानमा अपहरण परेका १०४ रेल यात्रीको उद्धार

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इस्लामवाद,२८ फाल्गुन । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ । मंगलबार हतियारधारी समूहले आक्रमण गरी रेलका यात्रुहरुलाई अपहरण गरी बन्धक बनाएका थिए । यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले लिएको छ ।

- Advertisement -

बीबीसीका अनुसार क्वेटा शहरबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसको रेलका यात्रीहरु हतियारधारी समूहको निशानामा परेका थिए । पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीका अनुसार जाफर एक्सप्रेसका धेरैजसो यात्रीहरुलाई रेलबाट ओरालेर पहाडी इलाकामा लगिएको थियो ।

लगत्तै सेनासहितको टोली उद्धारका लागि परिचालित भएको थियो । त्यसक्रममा १६ चरमपन्थी मारिएको र १०४ जना यात्रीहरुलाई उद्धार गरिएको बीबीसीले जनाएको छ । तीमध्ये ८० यात्री नजिकको अर्को रेलवे स्टेसन पुगिसकेका छन् । त्यहाँ उनीहरुको प्राथमिक स्वास्थ्य जाँच गरिने छ ।

रेलवे अधिकारीहरुका अनुसार उक्त रेलमा ९ डब्बा थिए । र, त्यसमा ४०० बढी यात्रुहरु थिए । हतियारधारी समूहले रेलको लिकलाई भत्काइदिएर रेल रोकेका थिए । उनीहरुले रेलमा गोली पनि चलाएको बताइएको छ ।

ताजा समाचार

spot_img

थप समाचार