आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक समूहले तालाबन्दी गरेको छ। उम्मेदवार छनोट प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै त्रिवि समिति सभापति विष्णु बडैलासहितको टोलीले प्रिन्सिपल कार्यालयमा तालाबन्दी गरेको हो।

- Advertisement -

स्ववियु निर्वाचनका लागि नेविसंघको आधिकारिक उम्मेदवार अनुज कार्की घोषित भए पनि अन्तिम समयमा अर्का उम्मेदवार दीपक जोशीको नाम अनुमोदन गरिएको भन्दै विवाद उत्पन्न भएको हो। सभापति बडैलाले निर्वाचन अधिकृतले आचारसंहिताविपरीत समयसीमा सकिएपछि जोशीको मनोनयन दर्ता गरेको आरोप लगाएका छन्।

बडैलाका अनुसार, “नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेविसंघ निर्देशन समितिका अन्य नेताहरूको निर्देशनअनुसार कार्कीको उम्मेदवारी मनोनयन गरिएको थियो। तर, पछि नक्कली हस्ताक्षर र छाप प्रयोग गरी जोशीको उम्मेदवारी स्वीकृत गरिएको छ।”

नेविसंघ त्रिवि समितिले निर्धारित समयसीमा (५ बजे) सकिएपछि मनोनयन दर्ता गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन भएको दाबी गरेको छ। बडैलाले भने, “समयसीमा कटेपछि दिएको निवेदनलाई निर्वाचन अधिकृतले दर्ता गराउनु निर्वाचन मापदण्डविपरीत छ। यदि यो निर्णय नसच्याइए अनिश्चितकालीन तालाबन्दी जारी रहनेछ।”

नेविसंघका नेताहरूले निष्पक्ष निर्वाचन ग्यारेन्टी गर्न माग गरेका छन्। यदि त्रिवि प्रशासनले आचारसंहिता विपरीतका गतिविधिहरूलाई प्रश्रय दिँदै अघि बढे, भने अझ आक्रामक आन्दोलन गरिने चेतावनी दिएका छन्।

यसैबीच, त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका सात जनाले बागी उम्मेदवारी दिएका छन्। स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरूमा नरेन्द्र साउद, पद्मा भुसाल, अक्कलदेव रानाभाट, सनम ओली, पदम दाहाललगायत रहेका छन्।

त्रिविमा स्ववियु निर्वाचनकै विषयलाई लिएर विद्यार्थी सङ्गठनहरूबीच ध्रुवीकरण देखिएको छ। तालाबन्दी कायमै रहेमा त्रिवि प्रशासन र विद्यार्थी सङ्गठनहरूबीच थप तनाब बढ्न सक्ने सम्भावना छ। अब त्रिवि प्रशासनले कसरी अघि बढ्छ भन्ने चासो सबैमा छ।

ताजा समाचार

spot_img

थप समाचार