Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

वडा अध्यक्ष कानुको पहलमा श्री बौधीमाई मन्दिरको पुनर्निर्माण हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२८ फाल्गुन । वीरगन्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगरस्थित ऐतिहासिक श्री बौधीमाई मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य सुरु भएको छ।

जीर्ण अवस्थामा रहेको एक सय वर्ष पुरानो यस मन्दिरलाई आकर्षक बनाउन वीरगन्ज महानगरपालिका वडा नम्बर १० कार्यालयका अध्यक्ष शुशिल साह कानुको आफनै वडाको बजेटले पुनर्निर्माण गर्न लागेका छन।

वडा अध्यक्ष सुशिल साह कानु को नेतृत्वमा करिब २४ लाख ९७ हजार ६१२ रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण तथा सौन्दर्यकरण गर्न लागिएको छ। आज विशेष पूजापाठ गर्दै पुनर्निर्माण कार्यको शुभारम्भ गरिएको वडा अध्यक्ष कानुले जानकारी दिए।

मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना रहेको उनले बताए। बौधीमाई मन्दिर आस्थाको केन्द्र भएकाले यसलाई व्यवस्थित बनाउने काम सुरु गरेका छौं। पुनर्निर्माणपछि सौन्दर्य थपिनेछ, र उचित समय हेरेर मूर्तिको प्राणप्रतिष्ठा धुमधामका साथ गरिनेछु, उनले भने।

पुनर्निर्माण उद्घाटन कार्यक्रममा वडा सदस्य सन्तोष जैशी चौलागाईं, प्रभु महतो, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह कानु, राधा शाह कानु, गौरीशंकर साह कानु, जगु साह कानु, गेना साह कानु लगायतको उपस्थिति रहेको थियो।

रक्षा बन्धन जनै पूर्णिमा को अघिल्लो दिन यस मन्दिर परिसरमा ठूलो मेला लाग्ने परम्परा रहँदै आएको छ। पुनर्निर्माणपछि यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने वडा अध्यक्ष कानुको विश्वास छ।

ताजा समाचार

थप समाचार