बीरगन्ज, २८ फागुन । बारा जिल्लाको महागढीमाई नगरपालिकामा हिन्दू धर्मावलम्बीहरूको महान चाड होली पर्वको अवसरमा विशेष होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख उपेन्द्र यादव, उपप्रमुख तारादेवी कानु, नि. प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह तथा सम्पूर्ण वडा अध्यक्षहरूको उपस्थिति रहेकाे थियो ।

नेपालभर फागुन २९ गते पहाडी क्षेत्रमा र चैत १ गते तराई क्षेत्रमा होली मनाइँदैछ । कसैको इच्छा विपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल वा फोहोर पानी छ्याप्न नपाइने। छाला तथा आँखामा असर गर्ने रंग प्रयोग नगर्न आग्रह। महँगा गरगहना लगाएर होली नखेल्न तथा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान सुझाव। मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न निर्देशन। बालबालिका, महिला, अशक्त तथा ज्येष्ठ नागरिकलाई होली खेल्न जबरजस्ती गर्न नपाइने। रेलिङ नभएका छत तथा सडकमा होली खेल्दा दुर्घटनाको जोखिम भएकाले त्यस्ता क्रियाकलाप नगर्न आग्रह।यसै अवसरमा आयोजित मिलन कार्यक्रममा उपस्थित अधिकारीहरूले आपसी सद्भाव, एकता र मेलमिलापको सन्देश प्रवाह गर्दै रंगहरूको यस पर्वलाई खुसीपूर्वक मननउन आग्रह समेत गरेका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नगरका कर्मचारी तथा नगरवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो । होली पर्वले समाजमा आपसी भाइचारालाई थप मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।